रोनाल्डिन्होद्वारा सन्यास फिर्ता | ईमाउण्टेन समाचार

Our Network

पुष १ २०८१, सोमबार

रोनाल्डिन्होद्वारा सन्यास फिर्ता

ronaldolho

एजेन्सी, २७ भदौ । ब्राजिलियन सुपरस्टार फुटबलर रोनाल्डिन्होले ३९ बर्षको उमेरमा सन्यास फिर्ता लिएका छन् । उनले कोलम्बियाको क्लब साटा फी बाट फेरी फुटबल खेल्ने भएका छन् ।

२०१८ को जनवरीमा सक्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका रोनाल्डिन्हो फेरी फुटबलमा फर्किन लागेका हुन् । आफ्नो खेलजीवनमा उनले बार्सिलोना, एसी मिलान, पेरीस सेन्ट जर्मन तथा फ्लामेङ्गो जस्ता फुटबल क्लबबाट खेल्दै सम्पुर्ण फुटबल जगतको मन जितेका थिए । बढ्दो उमेरलाई चुनौती दिदै उनले कोलम्बियाको सर्वाधिक सफल क्लबबाट पुनरागमन गर्न लागेका हुन् । २ पटकका फिफा बर्ष खेलाडी समेत रहेका उनी २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा टिमका मुख्य सदस्य रहेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);