बेलायतकी महारानी एलिजाबेथ द्वितियसँग झुट बोलेको आरोप प्रधानमन्त्री जोन्सनद्वारा अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार

बेलायतकी महारानी एलिजाबेथ द्वितियसँग झुट बोलेको आरोप प्रधानमन्त्री जोन्सनद्वारा अस्वीकार

jonson

एजेन्सी, २७ भदौ । बेलायतकी महारानी एलिजाबेथ द्वितियसँग झुट बोलेको भन्ने आरोप प्रधानमन्त्री जोन्सनले अस्वीकार गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनमाथि संसद पाँच हप्ताका लागि निलम्बित गर्नेबारे सुझाव दिने क्रममा महारानी एलिजाबेथ द्वितियसँग झुट बोलेको आरोप लागेको छ ।

तर, प्रधानमन्त्री जोन्सनले आफूले महारानीसँग कुनै किसिमको झट नबोलेको बताएका छन् । स्कटल्याण्डको उच्च अदालतले बुधबार संसद निलम्बन गैरकानूनी रहेको फैसला सुनाएपछि प्रधानमन्त्री जोन्स नको भनाई आएको हो । जोन्सनले संसद निलम्बन गर्नुको कारणबारे महारानीलाई झुट बोलेको आरोप छ ।

अदालतले महारानीलाई संसद निलम्बन गर्नुको कारणबारे झुट बोले नबोलेकोबारे स्पष्ट पार्न भनेको छ । प्रधानमन्त्री जोन्सनले आफूले संसद निलम्बित गर्नुको कारणबारे झुट नबोलेको बताएका छन् । उनले भनेका छन् ‘इंग्ल्याण्डको उच्च अदालत हामीसँग सहमत छ र सर्वोच्च अदालतको निर्णय आउन बाँकी छ । मंगलबारदेखि पाँच हप्ते निलम्बन सुरु भएको हो । आउँदो अक्टोबर १४ पछि मात्रै संसदको पुनः सुरु हुनेछ ।