साढे तीन बर्षभित्र १५ हजार किलोमिटर राजमार्ग निर्माण गर्ने सरकारको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

साढे तीन बर्षभित्र १५ हजार किलोमिटर राजमार्ग निर्माण गर्ने सरकारको लक्ष्य

काठमाडौं, २६ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले साढे तीन बर्षभित्र १५ हजार किलोमिटर राजमार्ग निर्माण गर्ने दावी गर्नुभएको छ ।

नेपाल उद्योग परिसंघ (सिएनआई) को आयोजनामा काठमाडौंमा भएको तेस्रो नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री महासेठले सरकारले साढे तीन बर्षभित्र छ लेन, चार लेन र दुई लेन गरि १५ हजार किलोमिटर राजमार्ग निर्माण गर्न लागेको बताउनुभएको हो ।

मन्त्री महासेठले स्थानीय तहदेखि केन्द्रीय तहका सडक आयोजना निर्माण, मर्मतसम्भार लगायतका सडक पूर्वाधारमा सबै तहका सरकारहरुले समन्वयात्मक ढंगले काम गरिरहेको बताउनु भएको छ । सरकारले पाँच बर्ष भित्र यस्ता राजमार्ग निमार्ण गर्ने लक्ष्य लिए पनि साढे तीन बर्षभित्रै सम्पन्न हुने उहाँको दावी छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले आर्थिक बर्ष २०७३/७४ को मसान्त्त पछि ठेक्का सम्झौता भएका सबै आयोजनाहरु तोकिएकै समयमा सम्पन्न हुने दावी समेत गर्नुभएको छ ।

उहाँले २५ बर्ष पहिले ठेक्का सम्झौता भएका आयोजनाहरु अहिले सम्म पनि अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै अब देखि त्यस्ता आयोजनाहरु तोकिएकै समयमा सम्पन्न नभए कारवाहि गरिने समेत बताउनुभयो । मन्त्री महासेठले सरकारले विदेशी लगानी आकर्षण गर्न आवश्यक सबै कानून निर्माण गरि सकेको पनि बताउनु भयो ।

कार्यक्रममा मन्त्री महासेठले सरकारको महाअभियानमा सबैले साथ दिन आग्रह पनि गर्नुभयो । नेपाल उद्योग परिसंघ (सिएनआई) को आयोजनामा काठमाडौंमा भएको तेस्रो नेपाल पूर्वाधार सम्मेलन आज सकिदै छ ।

सम्मेलनको पहिलो दिन ७ प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेश भित्रका विकाश पूर्वाधार सम्बन्धी बिभिन्न आयोजनाबारे लगानीकर्ता, ब्याबसायीहरुलाई जानकारी गराउनु भएको थियो । नेपाल सरकारले लगानी सम्मेलनमा सोकेस गरेका धेरै आयोजनाबारे यस सम्मेलनमा पनि छलफल भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);