काठमाण्डौँ, २५ भदौ । चलचित्र ‘शेरबहादुर’को पोष्टर आउट गरिएको छ । सुनिल थापा, मेनुका प्रधान, कर्म, रविन्द्र झाको मुख्य अभिनय रहेको फिल्मले आगामी माघ २६ को रिलिज टार्गेट बनाएको छ ।
त्रिकोणात्मक प्रेमकथामा बनेको ‘शेरबहादुर’लाई आर राजबंशीले निर्देशन गरेका हुन् । रोचक पक्ष त के हो भने चलचित्र ‘शेरबहादुर’ श्वेता खड्काको ‘कान्छी’सँग भिड्ने भएको छ ।
अहिले फ्लोरमा रहेको ‘कान्छी’मा श्वेता र दयाहाङ राईको जोडिलाई देख्न सकिनेछ । फ्लोरमा गएसँगै ‘कान्छी’ले माघ २६ को प्रदर्शन मिति तय गरिसकेको थियो । कान्छीलाई आकाश अधिकारीले निर्देशन गरिरहेका छन् ।