क्युबामा विध्वंश मच्चाएर बाहिरिँदै सामुन्द्रीक आँधी 'एर्मा' | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

काठमाडौँ, २५ भदौ । समुन्द्री आँधी एर्मा दक्षिण अमेरिकी मुलुक क्युबाको उत्तरी तटीय क्षेत्रमा विध्वंश मच्चाएर विस्तारै बाहिरिँदैछ।आँधीले घरहरु पूर्ण रुपमा भत्काइदिएको र रुखहरु उखेलिदिएको बताइएको छ । प्राप्त प्रारम्भिक रिपोर्टहरु अनुसार यो टापुमा असी वर्ष भन्दा यताको सबैभन्दा शक्तिशाली आँधीले ठूलो क्षति पुर्याएको हो।

क्युबाली अधिकारीहरुले पहिले नै दश लाख जति मानिसलाई सुरक्षित स्थानमा पुर्याएकाले अहिलेसम्म कसैको मृत्यु भएको खबर आएको छैन। क्युबामा तहसनहस पारेपछि आँधीको शक्ति खस्केर क्याटेगोरी ३ को बनेको थियो। तर संयुक्त राज्य अमेरिकातिर लाग्दै गर्दा आँधीले पुनस् शक्ति आर्जन गर्ने ठानिएको छ। ठूलो आँधी आउने भनिएको फ्लोरिडाको तटक्षेत्रमा पानीको तह बढिसकेको बताइएको छ।

फ्लोरिडा किइज आइल्याण्डका सडकहरुमा बाढी आएको छ। र तीब्र गतिको हावा बहन शुरु गरेको छ। आइतबार आइपुग्ने भनिएको एर्मा पहिले भविष्यबाणी गरिएको भन्दा पश्चिमतिर आउने अनुमान गरिएको छ जसले मायामी जस्ता शहर प्रभावित हुनेछन्।

साठी लाख मानिसहरुलाई आफ्ना घर छोडेर सुरक्षित स्थानमा जान भनिएको थियो जुन यो राज्यको एक तिहाई जनसंख्या हो। सयौं आपत्कालीन शिविरहरु खडा गरिएको बीबीसीले जनाएको छ।

ताजा समाचार