काठमाडौं, २३ भदौ । किर्गीस्तानमा जारी नादेज्दा कप फुटबलको दोस्रो खेलमा नेपाल पराजित भएको छ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको हो ।
पहिलो हाफको ३४ औँ मिनेटमा गोल खाँदै १–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको थियो । नेपालले खेलको ५१ औं मिनेटमा दोस्रो गोल खाएको थियो । पहिलो खेलमा घरेलु टोली किर्गीस्तानलाई ८–२ ले हराउँदै शानदार सुरुवात गरेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसंग पराजय बेहोरेको छ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले मंगलबार ताजकिस्तानको सामना गर्नेछ । प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।