सरकारलाई बलियो बनाएर जनताको सेवा नगरे अरु विकल्प छैन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

सरकारलाई बलियो बनाएर जनताको सेवा नगरे अरु विकल्प छैन : प्रचण्ड

prachanda

काठमाडौं, २३ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारलाई नै बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प नरहेको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले हिजोका निरंकुशतावादीहरु आएर नेपाललाई निरंकुशताको जाँतोमा पिस्न खाजेमा स्विकार्य नहुने चेतावनी पनि दिनु भयो । सोमबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित सुरेश वाग्ले र भिमसेन पोखरेल स्मृति सभामा बोल्दै उहाँले हाम्रा आफ्नै केही कमीकमजोरी भए त्यसलाई सच्याउँदै अघि बढ्ने पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष दाहालले युगान्तकारी परिवर्तनको आधारशिला तयार पार्ने तथा क्रान्तिकारी विद्रोहका नेताहरुलाई बदनाम गर्ने गतिविधिमा प्रतिक्रान्तिको गन्ध आएको, चिहानमा पुगिसकेका हिजोका निरंकुशतावादीहरुले फेरी जीवित मान्छेलाई दुःख दिने प्रयास गरेको उल्लेख गर्दै त्यसबाट सचेत भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो ।

अध्यक्ष दाहालले पार्टी र सरकारका काममा केही कमजोर भएको हुन सक्ने उल्लेख गर्दै सच्याउँदै अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।