काठमाडौँ, २५ भदौ । उम्मेदवारसामु के के साझा माग राख्ने भन्नेवारे शनिबार छलफल गर्दै बाराको आदर्शकोतवाल गाउँपालिकास्थित प्रतीक्षालयमा स्थानीयवासी । आदर्शकोतबाल गाउँपालिका ५ का प्रत्येक घरमा विभिन्न दलका झन्डा पहराईरहको छन्। यहाँ धेरै घर फुसका छन्।
झुरुप्प घर सामुन्ने केटाकेटी र महिला बढी देखिन्छन् । टोलका मुखैमा रहेको प्रतीक्षालयमा बस्तीका तन्नेरी र पाका पुस्ता बहसमा तल्लीन भेटिए । दुई दशकपछि हुन गईरहेको स्थानीइ तह निर्वाचनमा उम्मेदवारसहित राख्ने मागबारे उनीहरु छलफल गरिरहेका छन्।
पत्येक चुनावमा धुरीमा झन्डा गाड्छौँ स्थानीय रामसुरेश यादवले भने, तर हाम्रा माग पुरा भएका छैनन् । घरदैलोमा आउने उम्मेदवारले स्थानीयका माग पुरा गर्ने वचन दिन थालेको २६ बर्ष भयो। यस अवधिमा धेरै केन्द्रिय निर्वाचन भए। आजको कान्तिपुर दैनिकमा खबर छ।