एसीसी यू-१९ एसिया कपको पहिलो खेलमा श्रीलंकाद्वारा नेपाल पराजित | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

एसीसी यू-१९ एसिया कपको पहिलो खेलमा श्रीलंकाद्वारा नेपाल पराजित

काठमाडौं, २० भदौ । एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ । श्रीलंकाको आर प्रेमदासा क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली श्रीलंकासँग पाँच विकेटको हार ब्यहोरेको हो ।

वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले ९ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियो । नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंकाले ३३ ओभर ४ बलमा पाँच विकेट गुमाउँदै पूरा ग-यो ।

श्रीलंकालाई जित दिलाउनका लागि कामिल मिसाराले ५५ रनको इनिङ् खेले । यस्तै अहान विक्रमासिंघेले पनि ३० रन जोडेका थिए । निपुन धनञ्जयाले १८ रन बनाउँदा अभिष्का थारिन्दुले अविजित २५ रन जोडे ।

नेपालका लागि रित गौतमले ५४ रनको अर्धशतकीय योगदान दिएका थिए । त्यस्तै रोहित कुमार पौडेलले ४७ रन र राशिद खानले १५ रन बनाए भने हरि चौहानले १२ रनको योगदान दिएका थिए । त्यस्तै बलिङतर्फ राशिद खानले दुई विकेट लिए भने पवन सर्राफ र सागर ढकालले एक एक विकेट लिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);