विश्वकप फुटबलको एसियाली छनोट : नेपाल पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

विश्वकप फुटबलको एसियाली छनोट : नेपाल पराजित

nepal vs kuwait

काठमाडौं, २० भदौ । विश्वकप फुटबलको एसियाली छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग लज्जास्पद हार व्यहोरेको छ । बिहिबार राति भएको खेलमा नेपाल कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको थियो । नेपालले खेलको सुरुवातदेखि नै नियन्त्रण गुमाएको थियो । कुवेतले खेल अवधिभर नेपाललाई दबाबमा राखेको थियो ।