किन नेपाली खेलाडीलाई भारतकै डर ? | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

किन नेपाली खेलाडीलाई भारतकै डर ?

nepali badminton

सुजन चालिसे
काठमाडौं, १८ भदौ । नेपालको काठमाडौँ र पोखरामा आयोजना हुने १३ औँ संस्करणको दक्षिण एसियाली खेलकुदको तयारी हाल तीब्र रुपमा चलिरहेको छ । तर पर्याप्त सेवा सुविधा तथा खेल स्थलको अभाव हुँदा तयारी सोचेअनुरुप हुन सकेको छैन । घरेलु भूमिमा नै आयोजना हुन लागेको खेलमा पनि नेपाली खेलाडीहरु भारतको डर मानिरहेका छन् ।

१३ औँ साग खेलकुदको तयारी अहिले तीब्र रुपमा चलिरहेको छ । काठमाडौँ र पोखरामा आयोजना गर्न लागिएको सागमा समावेश हुने २७ वटै खेलहरुको तयारी अहिले भइरहेको छ ।

दशरथ रङ्गशालाको कबर्डहलमा गत असार महिना देखि ब्याडमिन्टन खेलको प्रशिक्षण भैरहेको छ । हाल कबर्डहलमा दैनिक रुपमा भैरहेको बन्द प्रशिक्षणमा १७ जना पुरुष र १७ जना महिला गरी कुल ३४ जना खेलाडीहरु समावेश छन् । आउँदो असोज १३ देखि १७ गतेसम्म हुने अन्तिम चरणको छनोटबाट १० महिला र १० पुरुष खेलाडी गरी कुल २० जना खेलाडीहरुले सागमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

एकै कबर्ड हलमा ब्याडमिन्टन र भलिबलको पनि प्रशिक्षण गर्नुपर्ने भएकाले प्रशिक्षणको समय तालिका मिलाउन केहि समस्या भैरहेको देखिन्छ । ब्याडमिन्टनमै पनि महिला र पुरुष खेलाडीहरुको प्रशिक्षण एकै समयमा गर्न समस्या रहेको छ । आफ्नो लागि छुट्टै कोर्टको व्यवस्था नहुँदा पर्याप्त रुपमा प्रशिक्षण दिन नसकिएको राष्ट्रिय ब्यामिन्टन टोलीका मुख्य प्रशिक्षक सुदिप योन्जन बताउनुहुन्छ । ब्याडमिन्टनको पावर हाउस मानिने भारतसङ्गनै प्रतिस्पर्धा गर्न पर्ने हुनाले नेपालको लागि स्वर्ण जित्न कठिनाई हुने उहाँ स्वीकार गर्नुहुन्छ ।

ब्याडमिन्टनमा नेपालले अहिलेसम्म कुनैपनि अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण हात पार्न सकेको छैन । नवौँ सागमा नेपालले प्राप्त गरेको काँस्य पदकनै नेपालका लागि सागमा सबैभन्दा ठुला उपलब्धि हो ।

अन्य खेलहरमा जस्तै ब्याडमिन्टनमा पनि भारत, पाकिस्तान, श्रीलंका जस्ता देशहरु नेपालका लागि पदकको बाधक हुन् । घरेलु भूमिमा आयोजना हुन लागेको १३ औ सागमा समेत नेपाली खेलाडीहरु भारतकै डर मानिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);