सेरेना विलियम्स युएस ओपनको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

सेरेना विलियम्स युएस ओपनको सेमिफाइनलमा

serena williams-us open semifinal

एजेन्सी, १८ भदौ । अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिस अन्तर्गत महिला एकल तर्फको सेमिफाइनलमा प्रवेश गरेकी छन् । नेपाली समय अनुसार बुधबार बिहान भएको क्वाटर फाइनलमा चीनकी किआंग वाङ्गलाई पराजित गरेर सेरेनाले अन्तिम चारमा स्थान पक्का गरेकी हुन् ।

वाङ्गलाई पराजित गर्न सेरेनाले मात्रै ४४ मिनेट प्रतिस्पर्धा गर्नु परेको हो । सेरेनाले उनलाई ६–१ र ६–० को सेटमा पराजित गरिन् । वाङ्गले दोस्रो बरियताकी एशली बार्टीलाई पराजित गरेर क्वाटर फाइनलमा स्थान बनाएकी थिइन् ।

सेरेनाले सेमिफाइनलमा एलिना स्वीतोलिनासँग प्रतिस्पर्धा गर्ने छिन् । उनले बेलायतकी जोहन्ना कोन्टालाई ६–४ र ६–४ को सेटमा पराजित गरेर अन्तिम चारमा स्थान बनाएकी हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);