एटीएम ‘ह्याक’को अर्को शृङ्खला एभरेष्ट र माछापुच्छ्रे बाट पनि निकालियो १ करोड | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

एटीएम ‘ह्याक’को अर्को शृङ्खला एभरेष्ट र माछापुच्छ्रे बाट पनि निकालियो १ करोड

atm

काठमाडौँ, १७ भदौ । नेपालका विभिन्न बैंकका एटीएमबाट पैसा निकाल्ने चिनियाँ गिरोहले भारतबाट पनि नेपाली बैंकको एटीएम प्रयोग गरी रकम निकालेको तथ्य बाहिरिएको छ।

युरोपमा बसेर नेपाली बैंकको स्विफ्ट कोड चोरी नेपालमा रहेका ती चिनियाँ नागरिकलाई पैसा निकाल्न निर्देशन दिने गिरोहले नै भारतबाट नेपाली एटीएम प्रयोग गरेर रकम निकालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो।

सो घटनाको अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार नेपालका बैंकबाट रकम निकाल्ने गिरोहले नै भारतीय बैंकबाट नेपाली बैंक एभरेष्ट र माछापुच्छ्रे बैंकको एटीएम प्रयोग गरी १ करोड नेपाली रुपियाँ निकालेको फेला परेको हो।अधिकांश नेपाली वाणिज्य बैंकका एटीएम भारतीय बैंक तथा एटीएम मेसिनमा प्रयोग गर्न सक्ने भएपछि गिरोहले नेपाली एटीएम प्रयोग गरेर पैसा निकालेको फेला पारेपछि अहिले भारतीय पक्षसँग पनि कुरा गरिरहेको डीएसपी बोगटीले जानकारी दिनुभयो । यो समाचार नेपाल समाचारपत्रमा  छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);