कमलपोखरीमा पार्किङ : संरक्षण समिति अध्यक्ष नै ठेक्काको पक्षमा | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

कमलपोखरीमा पार्किङ : संरक्षण समिति अध्यक्ष नै ठेक्काको पक्षमा

kamalpokhari ma parking

ललितपुर, १४ भदौ । पाटनका महर्जन (ज्यापू) ४० टोलमा छरिएका छन् । तीमध्ये एउटा टोल हो ‘नःत्वाः’ । पुल्चोकको नःत्वास्थित पले स्वाँ पुखु (कमलपोखरी) को दक्षिण–पश्चिम कुनामा विनायककको मन्दिर छ । २०२६ सालसम्म पोखरीमा स्नान गरी जल लगेर पूजापाठ गरिन्थ्यो । स्थानीयले पोखरीमा जुठो फुकाउने, श्राद्ध गर्दा पिण्ड सेलाउने गर्थे । नगरपालिकाले २०५४ मा सभागृह बनाउन भन्दै पोखरी पुर्‍यो ।

पोखरी १ सय ८ तीर्थमध्ये एक मानिन्छ । मन्दिरमा पाटनका बासिन्दा विवाह, व्रतबन्ध र अन्य ठूलो काम सफल (सिद्धि) भए यहाँ पूजाका लागि आउने गर्छन् । ऐतिहासिक महत्त्वको यो पोखरीमा नःटोलका बासिन्दाको भावनात्मक सम्बन्ध उस्तै छ । यही साउन १ देखि लागू हुने गरी ५ वर्षका लागि ललितपुर महानगरपालिकाले पार्किङ सञ्चालनको ठेक्का लगाए ।

ठेक्काप्रति स्थानीयले विरोध जनाए, महानगरले भने प्रहरी लगाएर दमनको नीति लियो । पोखरी प्रवेश गर्ने मूल गेटमा स्थानीय बासिन्दाले ताला लगाएर १ महिना धर्ना बसे । धर्नाकारीले पाटनका ज्यापु समाजलगायत ४० टोलका नाइकेलाई सहयोगको अपिल गर्दै पत्र लेखे । सम्पदाप्रेमी, सञ्चारकर्मीलाई पनि गुहारे ।

महानगरले लगाएको ठेक्का खारेज नगरेसम्म पार्किङ सञ्चालन गर्न नदिने अडान दोहोर्‍याइरहे । उसो त यो क्षेत्रलाई सरकारले २०७२ वैशाख १२ को भूकम्पपछि खुला क्षेत्रका रूपमा घोषणा गरेको हो । यद्यपि महानगरको बलमिच्याइँले ऐतिहासिक पोखरीको अस्तित्व नै गुम्ने गरी पार्किङका लागि ठेक्का लगाइयो । यसैमा महानगर र स्थानीयबीच द्वन्द्व बढ्यो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);