पोखरी मासेर कतै भवन, कतै मैदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पोखरी मासेर कतै भवन, कतै मैदान

katai bhawan

काठमाडौं, ४ माघ । उपत्यकाका ‘तीन सहर’मा ११८ पोखरी छन् । काठमाडौंमा २७, भक्तपुरमा ४० र ललितपुरमा ५१ । तीमध्ये २५ पोखरीमा भवन बनेका छन् । १६ पोखरी मैदान भएका छन् । ९ पोखरी सुक्खा छन् । एउटामा मन्दिर बनेको छ । धेरै पोखरी जीर्ण र सुक्खा छन् । केही मात्र ठीक अवस्थामा छन् । मासिएका कतिपय पोखरी पुन:स्थापित गर्न स्थानीय बासिन्दा जुर्मुराएका छन् ।

पोखरी मासेर भौतिक संरचना बनाउन लागेपछि दुइटाको विवाद सर्वोच्च अदालतमा पुगेको छ । ललितपुर, थेचोको पिन पोखरीको केही भाग मासेर वृद्धाश्रम बनाउन लागिएको छ । प्रदेश सरकार र गोदावरी नगरपालिकाको बजेटमा स्थानीय उपभोक्ता समितिले निर्माणको काम अघि बढाएको हो । स्थानीयले भने निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । हाल मुद्दा र भवन निर्माण सँगसँगै चलिरहेका छन् ।

काठमाडौं, ठमेलस्थित सिंहसार्थबाहु गुठीको पोखरीमा पाँच अर्ब रुपैयाँमा १५ तले व्यापारिक भवन छाया सेन्टर ठडिएको छ । पोखरीलाई राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेर र तिनका सन्ततिले जबर्जस्ती हडपेको भन्दै स्थानीय बासिन्दाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । छाया सेन्टरले भने त्यो पोखरी निजी भएको दाबी गर्दै आएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);