नेपाली चेली ‘दुलही’ बन्दै चीनमा बेचिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपाली चेली ‘दुलही’ बन्दै चीनमा बेचिँदै

dulahi banayera bechidai

काठमाडौं, १४ भदौ । नेपाली चेली छिमेकी मुलुक चीनमा ‘दुलही’ का नाममा १० लाख रुपियाँसम्म बिक्री हुने गरेको पाइएको छ । दुलही बनाएर युवती ओसारपसार गर्न सुरक्षित र सजिलो हुने भएकाले मानव तस्करहरूले यस्तो नयाँ शैली अपनाएका हुन् ।

नेपाल प्रहरीको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ब्युरोले ‘दुलही’ बनाएर चीन लगिएका अधिकांश युवतीलाई देह व्यापारमा लगाउने गरेको दाबी गरेको छ । सो अपराधमा संलग्न रहेको अभियोगमा छ जना नेपाली र चार जना चिनियाँ नागरिक गरी १० जना पक्राउ परेका छन् ।

ब्युरो प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले विवाहको प्रलोभन देखाइ मानव तस्करी हुने गरेको विशेष सूचनाका आधारमा विभिन्न स्थानमा छापा मारी नेपाल–चीन मानव तस्करीको एउटा सञ्जाल पक्राउ गरिएको बताउनुभयो ।

युवतीको राहदानी बनाइदिनेदेखि काठमाडौँमा महिना दिनसम्म आफ्नै कोठामा राख्ने र सम्बन्धित सरकारी कार्यालयमा विवाह दर्ता गर्दा साक्षीसमेत दलालहरू आफैँ बस्ने गरेको जानकारी प्रहरीले दिएको छ ।

विशेषगरी आर्थिक अवस्था कमजोर भएका १८ देखि २० वर्ष उमेरका युवती र तिनका अभिभावकलाई आर्थिक प्रलोभनमा पारी चिनियाँ पुरुषसँंग विवाह गर्न सहमत गराउने गरेको पाइएको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);