तोकिएको समयअगावै द्रुतमार्ग पूरा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तोकिएको समयअगावै द्रुतमार्ग पूरा हुने

kathmandu-nijgadh

काठमाडौं, १२ भदौ । नेपाली सेनाले राष्ट्रिय गौरवको परियोजना ‘काठमाडौँ–तराई÷मधेस दु्रतमार्ग’ (फास्टट्र्याक) निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ । सरकारको नीति तथा कार्यक्रमले पाँच वर्ष तोके पनि अबको तीन वर्ष छ महिनामा दु्रतमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको सेनाले पत्रकार सम्मेलन गरी स्पष्ट गरेको छ ।

हालै स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा पनि आगामी सन् २०८१ सालसम्म दु्रतमार्ग निर्माण हुने लक्ष्य राखिएको छ । नेपाली सेनाका द्रुतमार्ग परियोजना प्रमुख प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले सरकारले दिएको समयावधि र डीपीआरमा उल्लेख मितिभन्दा अगाडि नै सम्पन्न हुने गरी द्रुत गतिमा निर्माण भइरहेको दाबी गर्नुभयो । परियोजनाको डीपीआर मन्त्रिपरिषद्बाट स्वीकृत भएको एक सातापछि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले ‘काठमाडौँँ–तराई÷मधेस द्रुतमार्ग’ प्रगति विवरण सार्वजनिक गर्न बुधबार पत्रकार सम्मेलन आयोजना गरेको हो ।

आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, “खोकना क्षेत्रका धार्मिक तथा पुराताŒिवक सम्पदाहरू श्रीकाली मन्दिर र को–देश जोगाउन सडक निर्माणमा नयाँ रेखाङ्कन गरिएको छ । केही स्थानमा मुआब्जा समस्या रहेकाले जिल्ला प्रशासन कार्यालयबाट समाधान गर्ने प्रयास भइरहेको छ । ”

द्रुतमार्ग ललितपुरको खोकना प्रस्थान बिन्दुबाट मकवानपुर हँुदै बाराको निजगढसम्म चार लेनमा ७२.५ किलोमिटर लम्बाइको हुने छ । यो काठमाडौँ–तराई जोड्ने सबैभन्दा छोटो सडकमार्ग हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);