पर्यटनमन्त्रीका प्राथमिकतायुक्त कार्यक्रम सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्यटनमन्त्रीका प्राथमिकतायुक्त कार्यक्रम सार्वजनिक

yogesh

काठमाडौं, १० भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नीतिगत सुधार, प्रणालीको विकास, हवाई क्षेत्रको सुदृढीकरण तथा नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनेलगायत मन्त्रालयको आगामी एक वर्षे कार्ययोजना सार्वजनिक गर्नुभएको छ । पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेको झण्डै एक महीनाको गृहकार्यपछि उहाँले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका काम कारवाहीलाई प्रभावकारी र परिणाममुखी बनाउने रणनीतिका साथ प्रमुख प्राथमिकताका १४१ बुँदे कार्ययोजना ल्याउनुभएको हो ।

तुलनात्मक लाभका दृष्टिकोणले मुलुकको अर्थतन्त्रलाई टेवा दिन पर्यटन क्षेत्रको समग्र विकास, परिवर्तित र आधुनिक परिवेश सुहाउँदो सेवा स्तरीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई प्रभावकारी रुपमा अघि बढाउने लक्ष्यसहित मन्त्रालय मातहत निकायको समन्वयमा मन्त्रालयले आगामी कार्यक्रम बनाएको छ । मुलुकको इज्जत र प्रतिष्ठासँग जोडिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, सेवा सुदृढीकरण, अन्तर्राष्ट्रिय विमानस्थल मापदण्ड बमोजिमको सेवा व्यवस्थापन आदि कामलाई कार्ययोजनामा समेटिएको छ ।

चालू आवका नियमित कामका अलावा दीर्घकालीन महत्वका रणनीतिक योजनाअनुरुप कानूनी तथा नीतिगत सुधार गरी नयाँ प्रणालीको विकासका लागि बलियो जग बसाल्ने मन्त्री भट्टराईको अठोट छ । त्यसका लागि संस्कृति, पर्यटन र हवाई नीतिको परिमार्जन, संशोधन र नयाँ ऐन नियम बनाइनेछ । नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ(इयू)ले राखेको कालोसूचीबाट हटाउन आवश्यक पूर्वसर्तहरु पूरा गर्ने र सो प्रयोजनका लागि नागरिक उड्डयन क्षेत्रका सेवा प्रदायक तथा नियामक निकायका अलग–अलग संरचना हुने गरी नयाँ कानूनको तर्जुमा गरिने मन्त्री भट्टराईले उल्लेख गर्नुभयो ।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि नयाँ पर्यटन ऐनको व्यवस्था गरी लुम्बिनी, पशुपति क्षेत्र र जनकपुरधामलाई हालको विकास क्षेत्रभन्दा अलग किसिमको बनाइ सङ्घ, प्रदेश र स्थानीय तहको प्रतिनिधित्व हुनेगरी संरचना बनाइने, सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापनका लागि स्थानीय तहको समेत सहभागी हुने गरी छाता ऐन बनाइने कार्ययोजनमा भनिएको छ ।  यो समाचार गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);