राजनीतिक नेतृत्व नसच्चिए मुलुकमा सुशासन कायम हुँदैन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८१, बिहीबार

राजनीतिक नेतृत्व नसच्चिए मुलुकमा सुशासन कायम हुँदैन

काठमाडौं, ९ भदौ । नेपाल निजामती कर्मचारी संगठनले राजनीतिक नेतृत्व नसच्चिएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएको छ ।

सोमवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदार प्रसाद देवकोटाले भ्रष्टाचार र समयमै काम सम्पन्न हुन नसक्नुमा सधै कर्मचारी प्रशासनलाई दोषारोपण गर्ने काम भएको भन्दै आपत्ती जनाउनुभयो ।

उहाँले कर्मचारीलाई नियम विपरित कामका लागि निर्देशन दिने राजनीतिक नेतृत्व नै सच्चिनु पर्ने आवश्यकता औल्याउनुभयो । देवकोटाले सरकारका मन्त्री, स्थानीय जनप्रतिनिधि लगायतले जेठ असारमा करोडौको काम गर्न निर्देशन दिने गरेको भन्दै नियम विपरित काम गर्न नमानेपछि कर्मचारीलाई दोषारोपण गर्ने गरिएको दाबी गर्नुभयो ।

अध्यक्ष देवकोटाले माघ फागुन भित्रै गर्नुपर्ने काम असारमा गर्ने व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । पत्रकार सम्मेलनमा पेशागत महासंघ नेपाल संग आवद्ध निजामती कर्मचारीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनको यही भदौ ६ र ७ गते काठमाडौंमा सम्पन्न छैठौँ बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएको थियो ।

बैठकले पेशागत हक हित लगायत विषयमा २९ बुँदे माग पत्र सार्वजनिक गर्दै सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);