एजेन्सी, ९ भदौ । इङ्लिश प्रिमियर लिग फुटबलमा टोटेनहम घरेलु मैदानमै पराजित भएको छ । आइतबार राती भएको खेलमा टोटेनहम न्युकासल युनाईटेडसँग १–० गोल अन्तरले पराजित भएको हो ।
न्युकासललाई जित दिलाउन जोलिनटनले निर्णायक गोल गरेका थिए । उनले खेलको २७ औं मिनेटमा गोल गरेका थिए । टोटेनहमलाई हराएसँगै न्युकासलले पहिलो जित निकालेको छ । जितसँगै न्युकासलले ३ खेलबाट ३ अंक जोडेको छ । टोटेनहमको यो पहिलो हार हो । टोटनहमले ३ खेलबाट ४ अंक जोडेको छ । प्रिमियर लिग अन्तर्गत गएराति नै वुल्भ्स र बर्नलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।