आफ्नो अनुपस्थिति बिना मन्त्रालयका कुनैपनि निर्णय नगर्न मन्त्री यादवको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

आफ्नो अनुपस्थिति बिना मन्त्रालयका कुनैपनि निर्णय नगर्न मन्त्री यादवको आग्रह

matrika yadav

काठमाडौं, ५ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सम्बन्धीत मन्त्रीको उपस्थितिमा मात्रै मन्त्रालय र त्यससंग सम्बन्धीत विषयको निर्णय गर्न संसदीय समितिलाई दबाब दिनुभएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको विहीबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री यादवले आफ्नो अनुपस्थितिमा आफ्नो मन्त्रालय मातहका विषयमा निर्णय नगर्न सभापतिलाई चेतावनी नै दिनुभएको हो ।

सभापति विमल श्रीवास्तवले सम्बन्धीत विषयमा सरोकार राख्ने पक्षसंग छलफल, राय, सुझाव लिए पनि निर्णय गर्दा मन्त्री नै राख्नुपर्ने प्रावधान नरहेको बताएपछि मन्त्री यादव आक्रोशित बन्नुभयो । मन्त्रीको आवश्यकता नपर्ने भए म किन बस्ने ? भन्दै उहाँ बसेको कुर्सीबाट उठ्नुभएको थियो । बैठक छोडेर मन्त्री बाहिरीन खोजेपछि केहीबेर स्थिति असहज बन्यो ।

समिति सदस्यहरुको आग्रहमा ढोकाबाट फकिएका मन्त्री यादवले मिडिया प्रति पनि आक्रोस पोख्नुभयो । उहाँले कस्तो समाचार लेख्ने कस्तो नलेख्ने सिकाउनुको साथै मिडियालाई कुन समाचार दिने, कुन नदिने भन्ने बारेमा निर्देशन दिन सभापतिको ध्यानाकर्षण नै गराउनुभयो ।

औद्योगिक व्यवसाय सम्बन्धी विधेयकमा छलफलका लागि बसेको बैठकको सुरु देखि नै तनाबपुर्ण बनेपछि समिति सदस्यहरुले समितिको संबैधानिक अधिकार, संसदीय पद्धती, क्षेत्राधिकार लगायत बारे आवयक ज्ञान राख्न मन्त्रीलाई सुझाएका थिए । समितिको क्षेत्राधिकारका विषयमा चर्काचर्की भएपनि बैठक निर्धारित विषय वस्तुमा प्रवेश नै नगरि शुक्रबार बस्ने गरि स्थगित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);