सम्झौताको मसी नसुक्दै सचिवहरूको व्यापक सरुवा, कार्यसम्पादन सम्झौताको उल्लंघन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सम्झौताको मसी नसुक्दै सचिवहरूको व्यापक सरुवा, कार्यसम्पादन सम्झौताको उल्लंघन

karmachari

काठमाडौं, ४ भदौ । सरकारकारले आफ्ना कामकारबाहीलाई प्रभावकारी बनाउन भन्दै सचिवहरूसँग कार्यसम्पादन सम्झौता गरेको एक महिनाभित्रै सचिवहरूको व्यापक सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत १६ जना सचिवको एकैपटक सरुवा गरेको हो । अधिकांश सचिवहरूसँग मन्त्रीहरूले साउनको पहिलो साता कार्यसम्पादन सम्झौता गरेका थिए ।

मन्त्रीहरूले सचिवसँग कम्तीमा पनि एक वर्षसम्मको कार्यसम्पादन सम्झौता गरे पनि सम्झौता गरेको एक महिनाभित्रै सचिवहरू व्यापक सरुवामा परेका हुन् । सचिवको सरुवासँगै मन्त्रीहरूले गरेको कार्यसम्पादन सम्झौता अलपत्र परेको छ । मन्त्रालयमा आएका नयाँ सचिवहरूसँग मन्त्रीहरूले पुनः कार्यसम्पादन सम्झौता गर्ने वा नगर्ने भन्ने अन्योलता सिर्जना भएको अधिकारीहरूले बताएका छन् ।

प्रशासनविद्का अनुसार मन्त्रीले सचिवसँग कार्यसम्पादन गरेको एक महिनाभित्रै सचिवहरू हटाउनु कार्यसम्पादन सम्झौताको गम्भीर उल्लंघन हो । सचिवलाई जवाफदेही र उत्तरदायी बनाई नतिजा प्राप्त गर्न सम्झौता गरिने र सम्झौतामा हस्ताक्षर गरेको एक पक्षको रूपमा रहेका सचिव नै अन्यत्र सरुवा हुने अवस्थाले त्यसरी गरिएको सम्झौता स्वतः भंग हुने प्रशासनविद्को तर्क छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);