मैना सुनार हत्या प्रकरण : सेनाले राखेको मेलमिलाप प्रस्ताव परिवारबाट अस्वीकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मैना सुनार हत्या प्रकरण : सेनाले राखेको मेलमिलाप प्रस्ताव परिवारबाट अस्वीकृत

maina-sunar

काठमाडौं, ४ भदौ । बहुचर्चित मैना सुनार हत्या प्रकरणमा नेपाली सेनाले राखेको मेलमिलाप प्रस्तावलाई उनका परिवारले अस्वीकार गरेको छ ।

१६ वर्षअघि नेपाली सेनाले चरम यातना दिएर हत्या गरिएकी काभ्रेकी मैना सुनारको परिवारलाई नेपाली सेनाले मेलमिलापका लागि राखेको प्रस्ताव परिवारले अस्वीकार गरेका हुन् । पहिलोपटक मैनाकी आमा देवी सुनारलाई ४ असारमा नेपाली सेनाले आफूहरूसँग मिल्न प्र्रस्ताव राखेका थिए । पहिलो प्रस्ताव अस्वीकार भएपछि नेपाली सेनाले भद्रकाली बोलाएर दोस्रोपटक प्र्रस्ताव राखेको थियो ।

पहिलोपटक काठमाडांैको तीनकुनेको एक क्याफेमा नेपाली सेनाको कर्णेलले मैनाकी आमा देवी सुनारलाई अहिलेको अवस्था हेरेर मेलमिलाप गर्नुपर्ने प्र्रस्ताव गरेका थिए । मैनाले अध्ययन गरेको काभ्रेको भगवती उच्च माविमा अक्षय कोष खडा गर्ने र मृत्यु भएको नेपाली सेनाको सालिकसँगै उनको शालिक निर्माण गरिदिने प्रस्ताव गरेको थियो । तर, मैनाकी आमा देवीले सो प्रस्ताव आफूले अस्वीकार गरेको राजधानीसँग बताइन् । बहिनी गीतासँग तीनकुने पुगेकी देवीसँग नेपाली सेनाले चार घण्टा कुराकानी भएको उनको भनाइ छ । देवीले न्यायका लागि भइरहेको संघर्ष कमजोर हुने ठानेर उक्त प्रस्ताव अस्वीकार गरेको बताइन् । भेटमा सहभागी सेनाका अधिकारीहरूले उक्त भेट प्रधानसेनापति पूर्णचन्द्र थापाको आग्रहमा गरिएको बताएका थिए ।

‘पहिला बेपत्ता बनाएर हत्या गर्ने अनि अहिले किन भेट्नुपर्ने अवस्था आयो भनेर सुरुमा प्रश्न गरे,’ उनले भनिन्, ‘सेनाको कर्णेलले पहिला जे भयो त्यसमा माफी माग्दै अब मिलौं, हामी मैनाको नाममा केही गर्न चाहन्छौं भनेर प्रस्ताव राखे ।’ विगतको पाठ सिक्दै सुध्रन चाहन्छांै भनेपछि देवीले प्रश्न गरिन््, कसरी सुध्रने ? नेपाली सेनाको कर्णेलले जवाफ दिए, मैनाले पढेको विद्यालय बनाइदिन्छांै । हामीले भवनको डिजाइन पनि बनाइसकेका छौं, अक्षयकोष स्थापना गर्छांै भनेर प्रस्ताव राखे । सो प्रस्ताव उनले सोझै अस्वीकार गरेकी छन् । मेरी छोरीका हत्यारा खुलेआम हिँड्ने अनि म मेलमिलापमा जाने कसरी ? यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);