कांग्रेसमा छलफलबिनै एजेन्डा पारित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कांग्रेसमा छलफलबिनै एजेन्डा पारित

nepali congress

काठमाडौं, ४ भदौ । कांग्रेस केन्द्रीय समितिको असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ बुँदे एजेन्डा पेस गरेका थिए । बैठकमा संघीयताअनुसार पार्टीको अन्तरिम संरचना गठनदेखि भ्रातृसंस्था विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भ्रातृसंस्थाबारे छलफल गर्ने कार्यसूची थियो ।

काँग्रेस बैठक एक महिनाका बीचमा एक दर्जनपटक बस्यो  । बैठकमा १४ एजेन्डामध्ये आधा पनि छलफल हुन सकेको छैन । ती मध्ये तीन एजेन्डा बैठकले पारित गरेको छ भने कतिपय एजेन्डा बैठकमा प्रस्तुत भए छलफल बिनै पारित भएका छन् ।

असार २९ गतेको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा  परिमार्जन गर्ने गरी पारित गरेको थियो । यो समाचार अन्नपूर्ण पोष्ट् दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);