एमाले पोलिटब्युरो बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमाले पोलिटब्युरो बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केही बेर अघि एमाले पोलिटब्युरो बैठक सुरु भएको हो ।

बैठकमा एमाले अध्यक्ष केपी ओलीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई छलफलको एजेन्डा बनाएका छन् । बुधबारको स्थायी समिति बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने तर जुनसुकै दलसँग तालमेलका लागि ढोका खुला गर्ने निर्णय गरेको थियो । आजको पोलिटब्युरो बैठकमा प्रदेश र प्रतिनिधिसभामा कस्ता उम्मेदवार उठाउने, कसरी जाने भन्ने विषयमा छलफल हुने एक नेताले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);