सागका लागि कराँते खेलाडी प्रशिक्षणमा व्यस्त, खस्किदै गएको कराँतेमा सुधार ल्याउने प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

सागका लागि कराँते खेलाडी प्रशिक्षणमा व्यस्त, खस्किदै गएको कराँतेमा सुधार ल्याउने प्रतिवद्धता

karate

सीता शर्मा

काठमाडौं, २ भदौ । आगामी मसिंर १५ देखि २५ गतेसम्म नेपालमा १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगीता साग हुदैछ । जसका लागी अहिले खेलाडीहरु प्रशिक्षणमा व्यस्थ रहेका छन् । २७ वटा खेल हुने प्रतियोगीतामा नेपालले सबैभन्दा बढी स्वर्ण पदकको अपेक्षा गरेको खेल कराँते हो । आठौ सागमा १४ वटा स्वर्णपदक जितेर कराँतेमा नेपालले ऐतिहासिक सफलता हासिल गरेपनि त्यसपछीका खेलमा भने निकै निराशाजनक भयो । यसपटक घरेलु मैदानमा हुन लागेको प्रतियोगीतामा भने खस्किएको कराँतेको प्रदर्शन सुधार्ने खेलाडी र प्रशिक्षकहरुले बताएका छन्

गएको साउन ६ गतेदेखि कराँतेका खेलाडीहरु यसरी नै राष्ट्रिय खेलकुद परिषदको कराँते टे«निङ हलमा १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगीता सागको तयारी गरीरहेका छन् । बिहान ७ देखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म कराँतेको प्रशिक्षण चलिरहेको छ । नेपालले अन्य खेलबाट भन्दा पनि कराँतेबाट सागमा धेरै स्वर्ण हात पारेको छ । त्यसैले पनि कराँते नेपालका लागी आशलाग्दो खेल बन्ने गरेको छ । भारतमा भएको १२ औ सागमा कराँते समावेश हुन नसक्दा निराश बनेका खेलाडीलाई नेपालमा नै हुन लागेको सागले उत्साहित बनाएको छ ।

प्रतियोगीता हुन अब ४ महिना बाकि रहँदा खेलाडीहरु तिव्र तयारीमा जुटेका छन् । १३ औ सागमा नेपाली कराँते खेलाडीले महिला पुरुष र समुहमा गरी १९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । अहिले प्रशिक्षणमा रेहका १०८ खेलाडी प्रशिक्षणबाट ३३ खेलाडी प्रतियोगीताका लागी छनोट हुनेछन् । जसमध्ये टिम फाइटमा १२ जना,कातामा ६ जना र व्यक्तिगत इभेन्टमा १५ जनाले सहभागीता जनाउने छन् । आठौ सागमा नेपालले १४ स्वर्ण सहित १ रजत र १ कास्य जितेर कराँतेमा ऐतिहासिक सफलता हासिल गरेको थियो तर त्यसपछीका ३ वटा सागमा भने नेपालले जम्मा ११ स्वर्ण पदक मात्र जितेको छ । आठौ साग पछी खस्किएको नेपालको कराँतेलाई १३ औ सागमा फेरी उचाई दिने गरी तयारीमा जुटेको खेलाडीहरु बताउँछन् ।

अन्य देशको तुलनामा नेपाली खेलाडीहरुले बैदेशीक प्रशिक्षण लिन नपाएको गुनासो गरेका छन् । नेपालका लागी भारत, पाकिस्तान र बंगलादेश बलिया प्रतिस्पर्धी देश हुन् । अब खेल हुन चार महिनाको अवधि मात्र बाँकि रहेको छ । जसका लागी प्रशिक्षण अवधी भने निकै कम छ ।यस भन्दा अगाडीका प्रतियोगीतामा भन्दा यस पटक प्रशिक्षणको तरीका पनि फरक गरेको हुनाले प्रदर्शन सुर्धार्नेमा विश्वस्त बनेको नेपाल राष्ट्रिय कराँते महासंघका अध्यक्ष मदन उप्रेतीको दाबी छ ।

भारतमा भएको १२ औ सागमा नेपालको आशालाग्दो खेल कराँते समावेश नभएको हुँदा पनि नेपाल ३ स्वर्ण २३ रजत र ३४ कास्य पदक मात्र प्राप्त गरी छैटौं स्थानमा सिमित बन्यो । तर यसपटक घरेलु मैदानमा हुन लागेको १३ आँै संस्करणको सागमा नेपाललाई कराँतेमा इतिहास दोहोराउन सुनौलो अवसरका साथै चुनौती पनि बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);