ओलीले एकाएक मिलाए विवाद | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

ओलीले एकाएक मिलाए विवाद

नेकपाको सचिवालय बैठक

काठमाडौं, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिंगापुर यात्राबाट फर्केलगत्तै एकाएक पार्टी केन्द्रीय विभागहरूको जिम्मेवारी बाँडफाँट टुंग्याएका छन्। यससँगै दलभित्र आफूविरुद्ध देखिएको वातावरण साम्य पार्न उनी सफल भएका छन्।

जिम्मेवारी बाँडफाँटबाट सबैभन्दा बढ्ता लाभ भने नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई भएको छ। उनले पार्टी संगठन विभाग, किसान महासंघमात्र होइन, विधानमै नभएको उपाध्यक्ष पदसमेत पाउने भएका छन्।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव गरेका छन्। सचिवालय बैठकले शुक्रबार स्थायी कमिटीमा लैजानेगरी उपाध्यक्ष बनाउने प्रस्ताव पास गरेको हो। गौतमलाई उपाध्यक्ष बनाउने निर्णय नेकपा स्थायी समितिले पारित गर्नुपर्छ।

नेकपामा ओली र दाहाल अध्यक्ष तथा विष्णु पौडेल महासचिव छन् भने उपाध्यक्षमा गौतमलाई लैजान लागिएको हो। तत्कालीन नेकपा एमाले कालमा पार्टी महासचिव माधवकुमार नेपाल सरकारमा गएका बेला गौतमलाई विधानमै नभएको उपमहासचिव पदमा पु¥याइएको थियो। सरकारबाट फर्केपछि उनलाई उक्त पदबाट हटाइँदा पार्टीभित्र विवाद चुलिएको थियो।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।