बामदेव गौतम रिझाउन नेकपामा ‘उपाध्यक्ष पद’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बामदेव गौतम रिझाउन नेकपामा ‘उपाध्यक्ष पद’

bamdev gautam

काठमाडौं, ३२ साउन । नेकपाभित्र भूमिका नपाएको भन्दै अन्तुष्ट रहेका नेता बामदेव गौतमलाई रिझाउन उपाध्यक्ष पद सिर्जना गरिएको छ । सविचालयका बैठकले गौतमलाई उपाध्यक्ष बनाउने सहमति गर्दै यससम्बन्धी प्रस्ताव स्थायी समितिमा पठाउने निर्णय गरेको छ ।

पछिल्लो समय विभागहरुको जिम्मेवारी दिने सन्दर्भमा गौतमले संगठन विभागको जिम्मेवारी खोजे। त्यो विभाग उनलाई दिने सहमति यसअघि नै भएको थियो। तर, विभागको विगतमा खेलेको भूमिकाको कदर गर्ने आफूलाई सम्मानित हुने पोजिसनमा राख्नुपर्ने गौतमको माग थियो। त्यसैले उनलाई सचिवालय सदस्यको पदबाट बढुवा गरेर उपाध्यक्ष बनाउने सहमति सचिवालयमा भएको हो।

प्रधानमन्त्री ओली सिंगापुरबाट फर्केपछि गत मंगलबार तीन घण्टा नेता गौतमसँग बालुवाटरमा एक्लै बैठक गरेका थिए। त्यसपछि बुधबार अध्यक्षद्वय ओली र दाहालबीच छलफल भएको थियो। अध्यक्षद्वयको छलफलबाट शुक्रबार गौतम उपाध्यक्षमा सिफारिस भएका हुन्।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);