सुनको भाउ फेरी महंगियो, प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सुनको भाउ फेरी महंगियो, प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार

gold shop

काठमाडौं, ३० साउन । नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार ५ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ७१ हजार ५ सय रुपैयाँ पुगेको हो ।

बुधबार प्रतितोला सुनको मूल्य ७० हजार ३ सय रुपैयाँ थियो ।बिहीबार तेजावी सुन ७१ हजार २ सयमा कारोबार भउको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस १हजार ५ सय १४ अमेरिकी डलर पुग्दा नेपालमा भाउ ७१ हजार ५ सय रुपैयाँ पुगेको हो।

चाडपर्वसँगै सुन महँगिए पछि किनबेच भने ओरालो लागेको छ।मूल्य बढ्दै गएपछि किनबेच झन्डै ८० प्रतिशतले घटेको व्यापारीको भनाई छ । चीन र अमेरिका व्यापार युद्ध , अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले घटाएको ब्याजदर लगायतका कारणले सुन महंगिएको ब्यवसायीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);