पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गरे कश्मीरकाे भ्रमण | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८१, मंगलबार

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गरे कश्मीरकाे भ्रमण

imran khan visits kashmir

एजेन्सी, २९ साउन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी कश्मिरको भ्रमण गरेका छन् । प्रधानमन्त्री खानले काश्मिर भ्रमणपश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

भारत सरकारले भारत प्रशासित जम्मु कश्मिरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुवै मुलुकबीच तनावको स्थिति छ ।पाकिस्तानले भारतको कदमकाविरुद्ध अन्तर्राष्ट्रिय कूटनीतिक दबाब बढाउने निर्णय गरेको छ ।

पाकिस्तानले भारतीय कदमका सम्बन्धमा आपत्कालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्समक्ष औपचारिक अनुरोध गरिसकेको छ । पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुईदेशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ ।

विज्ञहरुकाअनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुनेछैन । १९४७ अगस्तमा बेलायतको शासनसत्ता पतन भएसँगै भारत र पाकिस्तानको उदय भएको थियो । दुई मुलुकको विभाजनका क्रममा भड्किएको हिंसामा परेर लाखौं मानिस मारिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);