तेजना पण्डित
काठमाडौं, २७ साउन । एक महिनाको रस्साकस्सी पछी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले संघीय संरचनाअनुसार पार्टीको बिभिन्न तहको बिभागहरु समायोजन गर्ने गरी निर्देशिका सर्वसम्मतिले पास गरेको छ ।
आइतवार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको १३औं महाधिवेसनमा निर्वाचित समितिलाई नै पुर्नगठन गर्ने गरी वडा तहसम्म संघीय ढाँचा अनुसारको कार्य समिति गठन हुने गरी पार्टीको निर्देशिका पारित गरेको हो ।
बैठक वस्नु अघि संघीय संरचनाअनुसार नेपाली कांग्रेसको समिति गठन गर्ने सम्बन्धमा निर्वाचनमा जाने कि पार्टीको बिधानअनुसार तदर्थ समिति गठन गर्ने भन्नेमा सस्थापन पक्ष र पौडेल पक्ष दुइ धारमा देखीएका थिए ।
यद्यपी करिव १ महिनाको बैठक अवधिमा भने उनीहरु पार्टीको संरचनाहरुलाई पुनर्गठन गर्नेमा सहमतिमा जुटाएका छन् । सहमति अनुसार पार्टीका संरचनाहरु पुनर्गठन गर्ने गरी निर्देशीका पारित गरिनुले पार्टीलाई सशक्त बनाएर लैजान सहयोग पुग्ने कांग्रेस कार्यकर्ताहरुको भनाई रहेको छ ।
बैठकको निर्णयअनुसार नै पार्टीले संघिय संरचना अनुसार पार्टीको तल्लो तहसम्मका विभागहरु पुनर्गठन गर्न सबै जिल्लामा पार्टीको केन्द्रिय निर्वाचन प्रणालीले प्रतिनिधि खटाउने व्यवस्था गरीएको छ ।
संघीय संरचनाहरु पुनर्गठन गर्नका लागी भदौ २० गते भित्र प्रतिनिधिसभा तथा प्रदेश सभाको क्षेत्रीय कार्य समिति समायोजन गरी सक्ने र कार्तिक महिना भित्रै सबै कार्य समिति समायोजन गरी सक्ने निर्णय गरिएको पार्टीका सहमहामन्त्री प्रकाश सरण महतले जानकारी दिनुभयो । १३औं महाधिवेसनमा निर्वाचित सदस्यहरुलाई नै संघीय संरचनाअनुसार पुनर्गठन गर्दा पार्टी भित्र रहेको गुटउपगुटको प्रभाव समेत अन्त्य हुने उहाँको भनाई छ ।
पार्टीको नियमावली पारीत, संघीय संरचनाअनुसार बिभागहरुको गठन, बिभिन्न भात्रृ संगठनहरुको पुनर्गठन लगाएतका बिभिन्न १४ वटा एजेण्डा सहीत गत असार २२ गतेदेखी बसेको केन्द्रीय समिती बैठक १ महिनाको अवधिमा पार्टीको नियमावलि र संघीय संरचनाअनुसार नेपाली कांग्रेसको समिति गठन गर्ने बिषयमा निर्देशिका पारीत त ग-यो । तर त्यसवाहेकका अन्य एजेन्डामा भने अझै छलफल हुन वाँकी रहेको छ । अन्य एजेन्डामा समेत छलफल गर्नेगरी कांग्रेसले केन्द्रिय समिति बैठक आगामी साउन २९ गते वोलाएको छ ।