काठमाडौंको माईतीघर-बानेश्वर सडक खण्ड सफासुग्घर र आकर्षक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौंको माईतीघर-बानेश्वर सडक खण्ड सफासुग्घर र आकर्षक

प्रमिला भण्डारी
काठमाडौं, २७ साउन । राजधानी काठमाडौंका सडक फोहोर र अव्यवस्थीत हुन्छन् भन्ने आम मानिसको सोचाई छ । समयमै फोहोर नउठ्नु र मुख्य सडक तथा भित्री सडकका चोकहरुमा दैनिक फोहरका कारण सर्वसाधरणले यस्तो सोच्नु गलत पनि होइन ।

तर पनि काठमाडौं कै माईतीघर बानेश्वर सडक खण्ड भने अचेल सदावहार सफासुग्घर र आकर्षक देखिन्छ । यो सडकले राजधानीकै सौन्दर्य बढाएको छ । अझ त्यसमा पनि माइतीघर मण्डलाले यसको सौन्दर्यमा थप बढाएको छ ।

माइतीघर, बबरमहल आसपास सवारी साधन गुड्नको लागी उचित सडक व्यवस्थापन गरिएको छ भने पैदल यात्रुकोलागी पनि व्यवस्थीत सडक पेटि निर्माण गरिएको छ । त्यतीमात्र होईन सडकको विच भागमा र छेउमा विभिन्न किसिमका बोटबिरुवाहरु पनि रोपिएको छ ।

यस्तै सडक सबै ठाउँमा निर्माण गरिनु पर्ने सर्वसाधारणको भनाई छ । सबै ठाउँमा यस्तै सडक निर्माण गर्नको लागी समुदाय नै सक्रिय हुनु पर्नेमा सर्वसाधारणले जोड दिएका छन् ।

सडक छेउमा रोपिएका यस्ता बोटविरुवाले सडकको सौन्दर्यता मात्र नभई स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण भुमिका खेल्दछ । तर यस्ता ठाउँमा धेरैजसो आन्दोलनका कार्यक्रमहरु हुने गर्दछ । जसले गर्दा सडकमा जामको समस्या हुने सर्वसाधारणको गुनासो छ ।

माइतीघर मण्डला आसपासलाई सुन्दर बनाउनको लागी वडा नम्बर ११ को भुमिका महत्वपुर्ण छ । काठमाडौंमा रहेको माईतीघर मण्डलालाई सफा र व्यवस्थीत बनाउन वडा कार्यलयले कृषि विकास बैँकसँग पनि सहकार्य गरेको छ । सबैका लागि माइतिघर मण्डला आकर्षक ठाउँ बनिरहंदा हरेक आन्दोलनको लागि पनि यही ठाउँ छानिंदा यसको सुरक्षामा चुनौति बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);