शिवपुरीको आधा पानी भण्डारमै छाडिने | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

शिवपुरीको आधा पानी भण्डारमै छाडिने

jharana

काठमाडौं, २६ साउन । शिवपुरी जलाधार क्षेत्रबाट संकलितमध्ये ५० प्रतिशत पानी जलभण्डारमा अनिवार्य छाड्नुपर्ने नियम छ। त्यस्तै खानेपानीबाहेक अन्य प्रयोजनका लागि प्रयोग हुँदै आएको पानी सातामा एक दिन पूरै जलस्रोतमा छाड्नुपर्ने अर्थात् वाटर होलिडे मनाउने व्यवस्था छ। तर कार्यान्वयन हुन सकेको छैन।

भएको व्यवस्था कार्यान्वयन चरणमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत पशुपति अधिकारीले जानकारी दिए। वाटर होलिडे र ५० प्रतिशत पानी जलभण्डारमा छाड्नेबारे पानी प्रयोग गर्दै आएका निकाय वा समितिसँग छलफल गरिरहेको उनले बताए।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली, २०७६मा निकुञ्ज क्षेत्रको जलस्रोतको पानी संकलन गर्ने निकाय वा समितिले नदी, खोला, पोखरी, ताल जस्ता जल भण्डारमा कम्तीमा ५० प्रतिशत पानी छाड्नुपर्ने अनिवार्य व्यवस्था छ। तर नियमावली लागू हुँदा खानेपानीका लागि उपयोग भइरहेको पानी अर्काे व्यवस्था नहुन्जेल साबिक बमोजिम नै प्रयोग गर्न दिने व्यवस्था छ। शिवपुरी जलाधार क्षेत्रको पानी खानेपानीसँगै सिँचाइ, जलविद्युत्लगायत काममा पनि प्रयोग गरिँदै आएको छ। नियमावली नेपाल राजपत्रमा जेठ ६ गते प्रकाशित भएको थियो । यो समाचार अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);