सरकारलाई राष्ट्र र जनताको पक्षमा काम गर्ने गरी सुझाव दिन बुद्धिजीविलाई रामचन्द्रको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सरकारलाई राष्ट्र र जनताको पक्षमा काम गर्ने गरी सुझाव दिन बुद्धिजीविलाई रामचन्द्रको आग्रह

ramchandra poudel

काठमाडौं, २४ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई राष्ट्र र जनताको पक्षमा काम गर्ने गरी सुझाव दिन बुद्धिजीविहरुलाई आग्रह गर्नु भएको छ ।

वरिष्ठ नेता पौडेलले मुलुक भ्रष्टाचारको दलदलमा फसेको उल्लेख गर्दै त्यसबाट मुक्त गराउन पनि बुद्धिजीविहरुले विशेष भूमिका निर्वाह गर्नु पर्ने पनि स्पष्ट पार्नु भयो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उहाँले मुलुकलाई द्धन्द्धमा फसाउने प्रयोस अझै भईरहेको उल्लेख गर्दै त्यसबाट सचेत रहन पनि सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गराउनु भयो । वरिष्ठ नेता पौडेलले मुलुकका लागि देशभक्त नेताको आवश्यक्ता रहेको पनि बताउनु भयो ।

वरिष्ठ नेता पौडेलले मुलुकमा ठूलो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि त्यसलाई कमजोर बनाउने प्रयोग भईरहेको उल्लेख गर्दै चिन्ता पनि व्यक्त गर्नु भयो । उहाँले मुलुकलाई जनताको अपेक्षा अनुसार अघि बढाउने गरी शिक्षा नीति तय गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);