काठमाडौं, २३ साउन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशको राजधानी हेटौंडामै हुनुपर्ने भन्ने पक्षमा आफू नरहेको बताउनु भएको छ । बिहीवार राजधानीमा आयोजित संचारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश ३ को राजधानी काठमाडौंमा भने हुन नदिने अडान राख्नु भयो ।
उहाँले आफूले २५ वर्षदेखि राजधानी काठमाडौंलाई व्यवस्थित बनाउन चाहेकाले पनि काठमाडौंमा प्रदेश ३ को राजधानी हुन नदिने निर्णयमा आफू पुगेको स्पष्ट पार्नु भयो । मुख्यमन्त्री पौडेलले काठमाडौं बाहिरका क्षेत्रको विकास गर्न र काठमाडौंलाई व्यवस्थित बनाउन पनि प्रदेश ३ को राजधानी काठमाडौंमा बनाउन नहुने तर्क गर्नु भयो ।