बोल्दै नबोलेको कुरा समाचारमा आएकोप्रति माउण्टेनकर्मी सापकोटाको आपत्ति (वक्तव्य सहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बोल्दै नबोलेको कुरा समाचारमा आएकोप्रति माउण्टेनकर्मी सापकोटाको आपत्ति (वक्तव्य सहित)

mountain tv logo

काठमाडौं, २२ साउन । बोल्दै नबोलेको कुरा विभिन्न सञ्चारमाध्यममा आएकोप्रति माउण्टेन टेलीभिजनमा कार्यरत वरिष्ठ सञ्चारकर्मी रामेश्वर सापकोटाले आपत्ति प्रकट गर्नु भएको छ ।

माउण्टेन टेलिभिजनमा कार्यरत सहकर्मी शालिकराम पुडासैनीको मृत्युको विषयलाई लिएर केही सञ्चारमाध्यमले भ्रम फैलाउने गरी आफ्नो नाम जोडी समाचार बनाएको प्रति सापकोटाले दु:ख व्यक्त गर्दै बाेल्दै नबाेलेकाे कुरा कसरी समाचारमा आयो भनि प्रश्न गर्नु भएको छ ।

घटनास्थलकोबारेमा राज्यको प्रहरी संयन्त्रले अनुसन्धान गरिरहेको विषयमा भ्रम फैलाउने गरी आफ्नो नाम जोडी समाचार आएकोमा सापकोटाले गम्भीर आपत्ति प्रकट गर्नुभएको  छ ।

उहाँले भन्नु भएको छ, ‘सहकर्मी गुमाउँदाको पीडाले म र मेरो टेलिभिजनमा कार्यरत सम्पूर्ण सहकर्मीहरु अत्यन्त दुःखी भएको बेला मैले भन्दै नभनेको कुरा मेरो भनाई भनी छापिनु दुःखद र निन्दनीय छ ।’

सापकोटाले जारी गर्नुभएको प्रेस वक्तव्य
माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार सहकर्मी शालिकराम पुडासैनीको मिति २०७६ साल साउन २० गते अकल्पनीय रुपमा मृत्यु भएको खबरले म स्तब्ध भएको छु । मिशन न्यूजमा कार्यरत सहकर्मी पुडासैनीको निधनले म अत्यन्त दुखित भएको छु । चितवनको पोखरा बसपार्कस्थित एक होटलमा पुडासैनीको झुण्डिएको अवस्थामा शव फेला पारिएको घटनापछि मेरो नाम जोडेर केही अनलाइन पत्रिकाले समाचार प्रकाशित गरेकोप्रति म आश्चर्यचकित भएको छु ।

मैलै भन्दै नभनेको कुरा समाचारमा आएकोप्रति म घोर आपत्ति जनाउंँदछु । समाचारको विषयलाई लिएर मलाई सम्बन्धित अनालाईनका कुनै प्रतिनिधिले सम्पर्क नगरेको र सो घटनाको विषयमा मैले कसैसँग केही कुरा गर्दै नगरेको विषयलाई लिएर मेरो नाम जोडिएर कसरी समाचार आयो ? मैलै पत्याउनै सकिरहेको छैन ।

म आफैं पनि लामो समयदेखि पत्रकारिता क्षेत्रमै क्रियाशील रहेको छु । पत्रकारलाई नै अचम्ममा पार्ने गरी आएको यस्तो कपोलकल्पित समाचार र त्यसपछि मेरो मोबाइलमा आउने तारन्तको फोनले म मर्माहत भएको छु । घटनास्थलकोबारेमा राज्यको प्रहरी संयन्त्रले गम्भीर अनुसन्धान गरिरहेको विषयमा भ्रम फैलाउने गरी मेरो नाम जोडी समाचार आएकोमा मेरो गम्भीर आपत्ति छ । सहकर्मी गुमाउँदाको पीडाले म र मेरो टेलिभिजनमा कार्यरत सम्पूर्ण सहकर्मीहरु अत्यन्त दुःखी भएको बेला मैले भन्दै नभनेको कुरा मेरो भनाई भनी छापिनु दुःखद र निन्दनीय छ ।

सहकर्मी शालिकराम पुडासैनीको अकल्पनीय निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँको मृत आत्माले चिरशान्ति पाओस भन्दै यस दुःखद घडीमा उहाँको शोक सन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी प्रार्थना गर्दै समवेदना व्यक्त गर्दछु ।

रामेश्वर सापकोटा
माउण्टेन टेलिभिजन
२०७६।०४।२२

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);