भरत तालको बिरुद्ध बोल्न स्थानीयलाइ मधेश प्रदेश उपाध्यक्ष रेवती पन्त र नेतृ पार्वती विश्वकर्माको दवाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

भरत तालको बिरुद्ध बोल्न स्थानीयलाइ मधेश प्रदेश उपाध्यक्ष रेवती पन्त र नेतृ पार्वती विश्वकर्माको दवाव

सर्लाही । भरत तालको बिरुद्ध बोल्न स्थानीयलाइ मधेश प्रदेश उपाध्यक्ष रेवती पन्तले दवाव दिएका छन् ।

नेकपा एमाले मधेश प्रदेश उपाध्यक्ष समेत रहेका नेता पन्त लगाएत केही नेताहरुले बागमतीमा अबस्थित भरत तालको बिरुद्ध बोल्न स्थानीयलाई दवाव दिएको पुष्टि भएको छ ।

भरत तालको बिरुद्ध बोल्न स्थानीयलाई दवाव दिनुुका साथै नेता पन्तले एक अनलाईन पोर्टललाई आर्थिक प्रलोभनमा पारेर ताल बिरुद्ध लेख्न लगाएको समेत खुलेको छ । उक्त अनलाईन पोर्टलले भने भरत तालका कारण सुकुम्वासीको घरमा बाढी, मेयर भन्छन्,–‘के कसो हो हामीलाई पनि थाहाँ छ् ।’ शिर्षकमा समाचार प्रकाशन गरेको पुष्टि भएको छ । साथै समाचारमा पिडित भनेर भनाई राखेका स्थानीयलाई दवावमा भरत तालको बारेमा बोल्न लगाएको खुलेको हो ।
उक्त प्रकाशित समाचारमा स्थानीयले आफुहरुले तालको बिषयमा बोल्दै नबोलेको कुरा प्रकाशन गरेको भन्दै पन्त बिरुद्ध आक्रोस व्यतm गर्नुुका साथै मेयर भरत कुमार थापालाई आफुहरुले नबोलेको कुरा लेखिएको गुुनासो गरेका छन् । स्थानियले आफुहरुले भरत तालको बिषयमा नभई ढुमाजोर खोलाले बेला बेलमा समस्यामा पार्ने गरेको भनेर अभिब्यक्ती दिएको बताएका छन् । आफुहरुले बोल्दै नबोलेको बिषय संचार माध्यममा ल्याएको भन्दै नेता पन्तलाई यस्तो नगर्न ।स्थानियले भिडियो मार्फत चेतावनी समेत दिएका छन् ।

बोटले भने, ‘केही दिन पहिला दिउसो १२ बजेको समयमा एक मिडियाकर्मीलाई लिएर एमाले नेता रेवती पन्त र पार्वती बिश्वकर्मा गाउँमा आए । पहिला उनीहरु आफैले माईकमा उभिएर तालको बिषयमा के–के कुरा गरे । हामीले राम्रो सगँ बुझेनौ । पछि गाउँका सबैलाई जम्मा गरे । गाउँमा हुने डुवानको बारेमा बोल् भने, हामीले पनि डुमाजोर खोलाले बेलाबखतमा दुख दिएको र पानीको उचित निकास बिना रेलको ड्याम तयार भएकोले घर खेतमा पानी पस्ने गरेको कुरा बताएका थियौँ ।’

‘जमिनको सतह भन्दा तल भएको भरत तालको पानी ३० फिट भन्दा अग्लो रेलको ड्याम नाघेर कसरी गाउँमा पस्छ र ’ उन्ले उल्टै प्रतिप्रश्न गरे, ‘सामान्य लाटो मान्छेले पनि नपत्याउने गरेर हाम्रो नाम र फोटो राखेर उनीहरुले ताल र मेयर सापको बद्नाम गर्न खोजेका रहेछन् । हामी अनपढ कुरा बुझेनौ, हाम्रो समस्या सुन्न आएका होलान भनेर आफ्नो सोझो कुरा गरेका थियौ । तर, नेता पन्त र उनीसगँ आएका मान्छेले आफ्नो स्वार्थ पुरा गर्न हामीलाई ‘बलिको बोका’ बनाएका छन् ।’

नेता पन्तले यस पहिला पनि तालकोे विषयमा अत्यन्त भ्रामक अफवाहहरु फैलाउदै हिडेको स्थानीयको भनाई छ । नगरका सम्पुर्ण नागरिकको आस्ताको केन्द्रको रुपमा रहेको योजना माथि यसरी फैलाईएको अफवाहको पछि नलग्न नगरपालिका कार्यलयले समेत आग्रह गरेको छ ।

आफुहरुलाई एक थोक बोल्न लगाएतर अर्को कुरा लेख्न लगाउने नेता पन्त र नेतृ बिश्वकर्मालाई यसरी झुटकोे खेती नगर्न अर्की स्थानीय गिता माझीले चेतावनी दिईन् । उनीहरुले सोझा साझा स्थानीयलाई प्रयोग गरेर समाजमा द्धन्द्ध फैलाउन खोजेको उनीहरुको आरोप छ । बर्षै देखी गोडारी खोेलाले आफुहरुको भाडाबर्तन समेत बगाउदै आएकोमा मेयर थापा प्रतिनिधि भएर आएपछि समस्या समाधान भएको गिता माझीले जिक्किर गरेकी छिन् । मेयर थापाको पहलमा गोडारी खोलालाई दुवै तर्फबाट तार जाली गरेर ब्यवस्थापन गरिएको समेत माझीले बताएकी छिन् ।

बागमति नगरपालिकाका मेयर भरत कुुमार थापाले तालको विषयमा हुदै नभएका तथ्य र आधारहिन कपोकल्पित तथा भ्रामक कुरा फैलाउने र नागरिकलाई त्रासमा पार्ने तथा समाजमा द्धन्द्ध सृजना गर्ने काममा केही ब्यक्ती कम्मर कसेर लागेको बताएका छन् । यस्ता भ्रम फैलाउनेलाई नगरका जनताले विस्तारै चिन्दै गएको भन्दै यस्ता पात्रलाई जनताले समाजबाट लखेट्ने समेत मेयर थापाले प्रतिक्रिया दिएका छन् । साथै भरत ताल उत्खन्न गर्दा निस्किएको गिट्टि बालुवाको एक–एक हिसाव नगरपालिकामा रहेको दावी गर्दै मेयर थापाले अनुसन्धानमा आफुहरुले सधै सहयोग गरिरहेको दावी गरका छन् । ‘अख्तियारको काम अनुसन्धान गर्ने हो ।’ थापाले भने, ‘अख्तियारले छानविन गर्ने वित्तिकै कोही दोसी हुदैन् । यसमा यत्रो अफवाह फैलाउनु पर्ने केही छैन् । हामी अख्तियारलाई छानविनका लागि सधै सहयोग गरिरहेका छौ ।’ नगरमा आएर विवरण लिए तालको एक–एक कणको हिसाव पाउने मेयर थापाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);