सुविसु कार्यालयमा भिषण आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुविसु कार्यालयमा भिषण आगलागी

subishu office

काठमाडौं, २२ साउन । काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ ।

बुधबार दिउँसो करिब पौने  १ बजेतिर आगलागी भएको हो । इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको छ ।

जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ । सुविसु कार्यालय अगाडिको सडकमा गाडी सञ्चालनमा रोक लगाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);