काठमाडौं, २० साउन । सुनको भाउले सोमबार फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा प्रतिऔस १२ अमेरिकी डलरले बढेर नेपाली बजारमा तोलाकै ६७ हजार ८ सय रुपैयाँ पुगेको छ ।
आइतबार अन्तराष्ट्रिय बजारमा प्रतिऔस १४ सय ४१ अमेरिकी डलर थियो। सोमबार १२ डलर बढेर १४ सय ५३ डलर पुगेको महासंघले जनाएको छ ।महासंघले आइतबार प्रतितोला ६६ हजार ३ सय रुपैयाँ तोकेको थियो । उक्त मूल्य हालसम्मकै उच्च हो।
सोमबार पुनः १५ सय रुपैयाँ बढेर नया रेकर्ड कायम भएको हो। सुनको मूल्य बढ्नुको मुख्य कारण अमेरिका र चीनको व्यापार युद्दलाई मानिएको छ ।