एजेन्डा छोडेर आफ्नै स्वार्थमा विद्यार्थी संगठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्डा छोडेर आफ्नै स्वार्थमा विद्यार्थी संगठन

bidhyarthi sanghathan nebisangh

काठमाडौं, २० साउन । विद्यार्थीको हकहित र एजेन्डा स्थापित गर्ने उद्देश्य लिएका विद्यार्थी संगठनका नेता आमविद्यार्थीका एजेन्डा छोडेर आफ्नै स्वार्थमा लाग्न थालेका छन् । संगठनका कतिपय नेता विभिन्न कन्सल्टेन्सीका सञ्चालक र ठेकेदार छन् ।

विद्यार्थी नेताहरू विद्यार्थीको हकहित छोडेर पूर्ण रूपमा कमाउ धन्दामा लाग्दा उनीहरू दिन प्रतिदिन आलोचित बन्न थालेका छन् । गौरवमयी इतिहास बोकेका विद्यार्थी संगठनलाई अहिले आफ्नो इतिहास जोगाउनै हम्मेहम्मे पर्न थालेको छ । विद्यार्थी नेता विद्यार्थीका हकहितभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न लागिपरेकाले यो अवस्था आएको होे ।

नेताहरूकै गतिविधिले विद्यार्थीहरूमा समेत विद्यार्थी संगठनले आफ्नो बारेमा केही बोलिदिन्छ कि भन्ने विश्वास देखिन समेत छोडेको छ । सत्तारुढ दल नेकपा निकट अनेरास्ववियु र प्रमुख प्रतिपक्षी कांग्रेस निकट नेविसंघका नेता विद्यार्थीको सामूहिक हितका एजेन्डाभन्दा पनि आफ्नै स्वार्थ पूरा गर्ने ध्याउन्नमा लाग्न पुग्दा उनीहरू गुमनामजस्तै बन्न पुगेका छन् । संगठनका नेताहरू विद्यार्थीको हितमा लाग्नु भन्दा पनि क्याम्पससँग मिलेमतो गर्दै स्वयं विद्यार्थीबाटै चर्को शुल्क असुल्ने कार्यमा लाग्ने गरेको आरोप विद्यार्थीले नै लगाउने गरेका छन् ।

शैक्षिक गुणस्तर सुधार गर्ने एजेन्डातर्फ विद्यार्थी संगठनहरू नलागेको शिक्षाविद्हरू बताउँछन् । शिक्षाविद् महाश्रम शर्माले सिकाइ उपलब्धिको गुणस्तर सुधार गर्न विद्यार्थी संगठन नलागेको बताए । उनले भने, ‘विद्यार्थी संगठनले शिक्षाका एजेन्डा विद्यार्थीसम्म पु¥याउनै सकेका छैनन् । अब उनीहरू शैक्षिक संस्थाहरू पढ्न योग्य बनाउन लाग्नुपर्छ । ’विभिन्न कलेजमा नाम निकालिदिने भन्दै चर्को मात्रामा विद्यार्थीबाटै शुल्क असुल्ने गरेको विद्यार्थी संगठनमाथि आरोप छ । केही समयअघि प्रश्नपत्र आउट गर्दा काठमाडौंबाट विद्यार्थी नेताहरू नै पक्राउ परेका थिए । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);