एउटै गाउँका सय भन्दा बढी यूवा सरकारी सेवामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एउटै गाउँका सय भन्दा बढी यूवा सरकारी सेवामा

sarkari karmachari

काठमाडौं, २० साउन । भनिन्छ कुनै पनि सफतला प्राप्त गर्न वेक्तीमा आत्मविश्वास, लगनशिलता र निरन्तर अभ्यासको आवश्यकता पर्दछ । यस्तै अठोट, लगनशिलता र दृढ संङ्कल्पलेनै धनकुटाको एउटै गाउँका सय भन्दा बढी यूवा सरकारी सेवामा कार्यरत छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिका पाँच गैरीगाउँका प्रेमराज पुरीका पाँच भाइ छोरा मध्ये एकजना जिल्ला न्यायधिस, दुइजना प्रशासन र दुइभाई लेखा समूहका उपसचिव पदमा कार्यरत छन् उनिहररु त यहाँका केहि उदाहरण मात्र हुन् यहाँ लेगुवा गाउँका २० जना भन्दा बढी यूवा विभिन्न सरकारी कार्यालयमा अधिकृतस्तरको जिम्मेवारी सम्हाली रहेका छन् ।

न्यूनतम आवश्यकता र अभाव झेलेरै पनि कठिन परिक्षा उतिर्ण गरि सरकारी सेवाको विभिन्न ओहदामा पुगेका युवाकै कारण लेगुवागाउँ उदाहरणिय बनेको छ । स्थानीय, महालक्ष्मी ५ लेगुवाका शंकर मिश्रले भने कुनै काम लिएर कुनै अफिसमा पुग्दा र आफ्नै गाउँ घरका भाई भतिजा अफिसको कुनै न कुनै स्थानमा भेट्दा खुसी लाग्छ । तुलनात्मक रुपमा दुर्गम र पिछडिएको यो ठाउँका यूवाले सुरक्षा निकाय, शिक्षक र निजामति सेवालाई आफ्नो करियर नै बनाउका छन् भन्दा फरक पर्देन ।

खानेपानीको चरम समस्या र सुख्खा खडेरीले ग्रस्त लेगुवामा सडक लगायतका पूर्वाधार बन्न थालेको धेरै भएको छैन् । स्वास्थ्य केन्द्र भर्खरैमात्र स्थापना भएको छ । स्थानीयहरु आफ्नै उब्जनीले बर्षदिन धान्न सक्ने अबस्थामा छैनन् । यद्यपी हरेक बर्ष लोकसेवा र शिक्षक सेवा आयोगबाट सरकारी सेवामा प्रवेश गर्ने युवाको संख्या भने लेगुवामा उल्लेख्य छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत लेगुवाकै सूर्यबहादुर भण्डारीले भन्छन् सरकारी सेवामा प्रबेस गर्न लगानशीलता र आत्मा विश्वास चाहिन्छ । सरकारी सेवामा यहाँका यूवाको आकर्षण र सफलता उदाहरण हेरेर पछाडि पारीएका समुदायका, क्षेत्रका युवाहरुले समेत राज्यका निकायमा आफ्नो उपस्थिती जनाउनका लागि यहाँका युवाले गरेको मेहेनत लाई अंगिकार गर्न सक्छन् । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);