एजेन्सी, १८ साउन । अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्ध लागेको छ । कोपा अमेरिकी फुटबलमा भ्रष्टचारको आरोप लगाएका मेस्सीलाई अन्तराष्ट्रिय फुटबलबाट तीन महिनाको प्रतिबन्ध लगाईएको हो ।
मेस्सीमाथी चिलीविरुद्वको खेलमा ब्राजिललाई उपाधि जिताउन मिलोमतो गरिएको गम्भिर आरोप लगाइएको थियो । उनले दक्षिण अमेरिकी फुटबलमा चरम भ्रष्टचार हुने गरेको आरोप लगाउँदै पदक लिन समेत अस्विकार गरेका थिए । तेस्रो स्थानका लागि भएको प्लेअफमा मेस्सी रातो कार्ड खादै मैदान बाहिरिएका थिए । सो खेल अर्जे्न्टिनाले २–१ ले जितेको थियो ।
दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई तीन महिनाको प्रतिबन्धसंगै ५० हजार अमेरिकी डलर जरिवाना समेत गरेको छ । मेस्सीले आफुमाथि गरिएको कारबाहीको बिषयमा ७ दिनभित्र अपिल गर्न सक्नेछन् ।
प्रतिबन्धसंगै मेस्सीले चिली, मेक्सिको र जर्मनीविरुद्व सेप्टेम्बर र अक्टोबरमा खेल्ने मैत्रीपूर्ण फुटबल गुमाउनेछन् ।