योगेश भट्टराई पर्यटनमन्त्रीमा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

योगेश भट्टराई पर्यटनमन्त्रीमा नियुक्त

योगेश भट्टराई

काठमाडौं, १५ साउन । नेकपाका सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने भएका छन् । रविन्द्र अधिकारीको मृत्युपछि सो मन्त्रालय रिक्त थियो । राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार अपराह्न ४ बजे भट्टराले पद तथा गोपनियताको शपथग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले निर्वाचनका बेला ताप्लेजुङ पुगेर भट्टराईलाई जिताउन मतदातासमक्ष आग्रह गरेका थिए । ओलीले भोटमाग्ने बेलामा मतदातासँग तँपाइहरुले जिताएर पठाउनुस् मन्त्रि बनाउनेकाम मेरो भयो भनेर बाचा गरेका थिए । सो बाचा ओलीले आज पुरा गर्दै छन् । भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्य हुन् ।

भट्टराईको जन्म विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो । उहाँको बुबाको नाम भीमलाल भट्टराई र आमाको नाम महेन्द्रादेवी भट्टराई हो । उहाँले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गर्नुभएको छ। उहाँले २०३७ सालमा अनेरास्ववियुको राजनीति थाल्नुभएकाे हाे । २०५१ सालमा उहाँ अनेरास्ववियूको अध्यक्ष हुनुभएको थियो ।

ताजा समाचार