बाढीका कारण तराईमा मात्रै ५७ को मृत्यु, १९ घाइते, १६ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

बाढीका कारण तराईमा मात्रै ५७ को मृत्यु, १९ घाइते, १६ जना बेपत्ता

बाढी र डुवानका कारण बाराको खेतीयोग्य जमिन बगरमा परिणत

श्याम गुप्ता
काठमाडौं, १४ साउन । हरेक बर्षझैँ लगातारको बर्षाका कारण बाढी र पहिरोले धेरै धनजनको क्षति भएको छ । तराईका दस जिल्लाहरुमा मात्रै बाढीका कारण ५७ जनाको मृत्यु १९ जना घाइते र १६ जना बेपत्ता भएको तथ्यांक राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको स्थलगत निरीक्षण टोलीको अध्ययनले देखाएको छ ।

बारामा मात्र सय विगाहा भन्दा बढी बाली र ५० विगाहा भन्दा बढी खेतलाई नोक्सान पु¥याएको छ । वाढीका कारण खेतीयोग्य जमिनमा बालुवा भरिदा किसान थप चिन्तित भएका छन् ।

राष्ट्रिय सभाको स्थलगत निरीक्षण टोलीका अनुसार बाढीका कारण बारामा मात्र दुई जनाको मृत्यु भएकोे छ । पछिल्लो समयको अविरल वर्षाका कारण बारामा निरन्तर आएको बाढीले जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१९ ईनरवासिराका किसानहरुले लगाएको धान बालीका साथै सयौं बिगाहाभन्दा बढी खेती योग्य जमिन बगाएको छ ।

वर्षासँगै बालगंगा खोलामा आएको बाढीले खोलाको धार परिवर्तन गर्दा सय विगाहाभन्दा वढी जमिनमा लगाएको बाली र ५० विगाहा भन्दा बढी खेतलाई नोक्सान पु-याएको हो ।

बाढीले आफ्नो खेती र खेत नै बगाएपछि किसानहरु चिन्तित भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१९ ईनरवासिराका अधिकांस किसानहरु बालगंगा नदीको बाढीका कारण पीडित भएका छन् । खेतीपातीलाई जीविकोपार्जनको मुल आधार बनाएका किसानहरुलाई वाढीले के खाने भन्ने चिन्ता थपेको स्थानिय किसानहरुको भनाई रहेको छ ।

बालगंगा नदीको धार परिवर्तन गर्न यस नदीमा तटबन्ध लगाउनु पर्ने स्थानीय किसान राजदेव राउतले माग गर्नुभएको छ । उहाँले आफुहरुको क्षतिपुर्तिको व्यवस्था सहित नदिको धार पूर्ववत अवस्थामा ल्याउनका लागि सम्बन्धित निकायले ध्यान दिनु पर्ने बताउनु भयो।

यता बालगंगा नदीमा पुल निर्माणका क्रममा ठेक्केदारले लगाएको बाधका कारण खोला गाउँमा पसेको जीतपुरसिमरा उपमहानगरपालिाका– १९ का वडा अध्यक्ष सुधनदास तत्माको भनाई छ ।

तीन वर्षमा पुल निर्माण गर्ने जिम्मा पाएका निर्माण व्यवसायीले चार वर्ष वित्दा समेत पुल निर्माण गर्न नसक्दा यो समस्या आएको उपमहानगरपालाीकाले बताएको हो । हाल निर्माण व्यवसायीले पुल निर्माण गर्न लगाएको रड निकाल्ने काम भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);