ब्राजिलको जेलमा दुई ग्याङ्ग कैदीबिच भिडन्त हुँदा ५२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

ब्राजिलको जेलमा दुई ग्याङ्ग कैदीबिच भिडन्त हुँदा ५२ जनाको मृत्यु

brazil jail

एजेन्सी, १४ साउन । ब्राजिलको एक जेलमा कैदीबन्दीबिच झडप हुँदा कम्तिमा ५२ जनाको ज्यान गएको छ ।

जेलमा रहेका परस्पर विरोधी कैदीबन्दीका समूहबिच पाँच घण्टासम्म भिडन्त भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ब्राजिलको पारा राज्यमा रहेको जेलमा घटना भएको हो । पाराको अल्तामिरा जेलको एक ब्लकका कैदीको समूहले अर्को ब्लकका कैदीमाथि आक्रमण गरेको हो ।

मारिने मध्ये १६ जनाको टाउको काटिएको छ भने बाँकीको निसास्सिएर ज्यान गएको हो, किनकी जेलको केही अंशमा आगो लगाइएको थियो । कैदीबन्दीले कारगारका दुई अधिकारीलाई बन्धक बनाएका थिए । उनीहरु हाल स्वतन्त्र भएका छन् । कमाण्डो क्लासेज ए (सिसिए) ग्याङ्गका कैदीबन्दीले कमाण्डो वेर्मेल्हो (रेड कमाण्ड) ग्याङ्गमा रहेका कैदीबन्दी बसेको जेलको ब्लकमा आगो लगाएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);