नेकपाले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न खोजेको छ: प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

नेकपाले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न खोजेको छ: प्रचण्ड

prachanda

काठमाडौं, १० साउन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले समाजवाद निर्माणका लागि सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारा अघि सारेको स्पष्ट पार्नु भएको छ ।

शुक्रवारबाट राजधानीमा शुरु भएको ‘एशीया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी वीथ क्युबा’ को दुई दिने सम्मेलनमा अध्यक्ष दाहालले सामाजिक न्यायसहितको समृद्धि निर्माण गरेर आफ्नो पार्टीले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको पनि बताउनु भयो । उहाँले क्युबा एउटा राष्ट्र मात्रै नभएर विश्वका कम्युनिष्टहरुको आर्दश भूमि पनि भएकाले त्यसबाट सिकेर विश्वका कम्युनिष्ट पार्टीहरुले आफूलाई अघि बढाएको पनि उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले आफ्नो पार्टीले पनि जनताको विश्वास जितेर दुई तिहाई बहुमतको बलियो सरकार बनाएको उल्लेख गर्दै अब समाजवाद निर्माणको आधार तय गर्दै अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);