नेपालमा लगानी बढाउन कोरिया आतुर | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

नेपालमा लगानी बढाउन कोरिया आतुर

nepal-korea

काठमाडौं, ९ साउन । नेपाल र दक्षिण कोरियाबीच ठूलो व्यापारघाटा छ। नेपालले वार्षिक १६ लाख अमेरिकी डलरबराबरको निर्यात गर्छ भने दक्षिण कोरियाबाट ९ करोड ७३ लाख अमेरिकी डलरको वस्तु तथा सेवा आयात गर्छ।

नेपालको जलविद्युत्, पर्यटन र कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याइ यस्तो व्यापारघाटा कम गर्ने मात्र नभई दुई मुलुकको आर्थिक सम्बन्ध अझ मजबुत बनाउन सकिनेतर्फ कोरियाली सरकारले इंगित गरेको छ।

यस सन्दर्भमा नेपालका लागि कोरियाली राजदूत पार्क योङ–सिकले अन्नपूर्ण मिडिया नेटवर्कद्वारा तीनकुनेस्थित मुख्यालयमा बुधबार आयोजित राउन्ड टेबलमा भने, ‘हामी नेपालका अनेकन सम्भाव्य क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी गर्न आतुर छौं।’

रोजगारीका लागि कोरिया पुगेका नेपालीको अवस्था, तिनको भूमिका, नेपालमा सम्भाव्य लगानी क्षेत्रलगायत दुई देशबीच राजनीतिक, आर्थिक सम्बन्धबारे अन्नपूर्णले गरेको राउन्ड टेबलमा राजदूत पार्क, कोरियाली प्राध्यापक योङ कुक किम र युवा उद्यमी जे ह्योन छ्यानसहित सहभागी थिए। अन्नपूर्णको सम्पादकीय समूहले गरेको अन्तरसंवादको सम्पादित अंश :

कोरिया—नेपाल सम्बन्ध विगत र वर्तमान

नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको साढे चारदशक पूरा भएको छ। सन् १९७४ मे १५ का दिन दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो। सोही समयदेखि कोरियाले काठमाडौंमा दूतावास स्थापना गरेको हो। हुन त कोरियाले त्यसको पाँच वर्षअघि नै अनौपचारिक रूपमा कन्सुलर सेवा सुरु गर्दै सम्बन्धको आधार तय गरेको थियो। नेपालले २००१ मा अवैतनिक महावाणिज्य दूतावास स्थापना गरी त्यसको छ वर्षपछि २००७ मा सोलमा दूतावास स्थापना गरेको हो। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);