विश्वकप एशिया छनोट : नेपालद्वारा मलेसिया ७ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

विश्वकप एशिया छनोट : नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

asia cup nepal cricket

काठमाडौं, ८ साउन । आईसीसी ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । सिंगापुरमा जारी प्रतियोगिता अन्तर्गत बुधबार नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण ९ ओभरमा सीमित गरिएको थियो ।

मलेसियाले पहिले ब्याटिङ गर्दै ९ ओभरमा सात विकेटको क्षतिमा ८३ रन बनाएको थियो । नेपालले दुई विकेट गुमाएर आठ ओभरमै लक्ष्य हासिल गरेको हो । नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले विस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले ।

उनले २१ बलमा ५१ रन बनाए ।त्यस्तै प्रदीप ऐरीले १२ र विनोद भण्डारीले १३ रन बनाए । यसअघि मलेसियाका लागि साइद अजिजले १५ बलमा ३० रन बनाउँदा बिरन्दीप सिंहले १७ बलमा २१ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामीले २ ओभरमा ३ विकेट तथा बसन्त रेग्मीले १ ओभरमा २ विकेट झारे । पहिलो खेलमा हिजो कतारसँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा जित हासिल गरेसँगै प्रतियोगितामा पुनरागमन गरेको छ ।

प्रतियोगितामा नेपाल र कतारसहित आयोजक सिंगापुर, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);