दहीमा २ रुपैयाँ कर असुल्दा १५ हजार जरिवाना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दहीमा २ रुपैयाँ कर असुल्दा १५ हजार जरिवाना

dahi-dudha

एजेन्सी, ८ साउन । जब कुनै व्यापारी उपभोक्ताको हित तथा मुलुकको नियमविरुद्ध जान्छ, तब सरकार कडा रुपमा प्रस्तुत हुनु पर्दछ ।

हाम्रो देशमा व्यापारीविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुन सक्दैन । उपभोक्ता अधिकारकर्मी संस्था तथा निकायहरु पनि प्रभावकारी छैनन् । तर भारतको तमिलनाडुको तिरुनेलवेलीमा त्यहाँको सम्बन्धित उपभोक्ता अधिकारवादी निकायले उपभोक्ताको हितमा निकै बोल्ड निर्णय गरेको छ ।

त्यहाँ एउटा होटलले उपभोक्ताबाट दहीमा कर असूलेपछि उक्त होटलमाथि कारवाही गरिएको छ । दहीमा २ भारु कर असूलेको आरोपमा उक्त होटलमाथि जिल्ला उपभोक्ता फोरमले १५ हजार भारु जरिवाना गरेको हो ।

स्थानीय सी महाराजा नामका व्यक्तिले त्यहाँको अन्नपूर्णा होटलबाट गत फेब्रुअरी ६ मा ४० भारुको दही किनेका थिए । तर होटलले उक्त मूल्यमा १ रुपैयाँ जिएसटी, १ रुपैयाँ एसजीएसटी र २ रुपैयाँ प्याकेजिङ शुल्क गरी कूल ४४ भारुको बिल थमाए । ती ग्राहकले दहीमा जिएसटी नलाग्ने नियम भएको भनी होटल मालिकलाई सम्झाए । तर होटल मालिकले चाहीँ कम्प्युटर सफ्टवेयरमै जिएसटीको हिसाब रहेको भन्दै रकम लिइछाडे ।

उनले होटलमा ४४ भारु नै तिरे र उक्त बिल लिएर वाणिज्य कर विभागका अधिकारीसँग गुनासो गरे । तर सरकारी निकायबाट खासै सुनुवाइ नभएपछि उनले उपभोक्ता फोरममा होटलविरुद्ध मुद्दा दायर गरे ।

उक्त फोरममा मंगलबार भएको सुनुवाइका क्रममा होटल मालिक तथा सरकारी अधिकारी नै उपस्थित भएनन् । अन्त्यमा फोरमको इजलासले होटल मालिकमाथि कूल १५ हजार ४ भारु जरिवानाको फैसला गरेको हो ।

सी महाराजाबाट लिइएको अतिरिक्त ४ भारु फिर्ता गर्न, उनलाई दिएको मानसिक पीडाका लागि १० हजार रुपैयाँ तथा मुद्दा मामिलाका क्रममा भएको खर्चबापत ५ हजार रुपैयाँ गरी कूल १५ हजार ४ भारतीय रुपैयाँ होटल मालिकले महाराजालाई दिनुपर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);