४७ वर्ष पूरानो जुत्ताको मूल्य साढे ४ करोड डलर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

४७ वर्ष पूरानो जुत्ताको मूल्य साढे ४ करोड डलर

47 year purano juttaa

एजेन्सी, १२ साउन । यदि कसैले तपाइँलाई पूरानो जुत्ता उपहारको रुपमा दियो भने चित्त दुख्न सक्छ, आफु हेपिएँ भनेर ।

तर दुनियामा पूराना जुत्ता भन्ने बित्तिकै मान्छेको चित्त दुखाउने मात्र होइन मालामाल बनाउने पनि हुँदा रहेछन् । किनकी हालै ४७ वर्ष पूराना एक जोडी जुत्ता साढे ४ करोड रुपैयाँ भन्दा धेरै मूल्यमा बिक्रि भएका छन् ।

नाइकी कम्पनीको सबैभन्दा दुर्लभ जुत्ताको एक जोडी साढे ४ करोड डलरमा बिकेका हुन् । पूरानो जुत्ताहरु यतिधेरै मूल्यमा बिकेको यो इतिहासमै पहिलोपटक भएको बताइएको छ । अमेरिकाको न्युयोर्कस्थित सोदबी अक्सन हाउसमा उक्त जुत्ताको सार्वजनिक लिलामी भएकेा थियो ।

यसअघि बास्केटबलका महान खेलाडि माइकल जोर्डनले लगाएका जुत्ता २ करोड रुपैयाँ बराबरको मूल्यमा बिकेको थियो । सन् २०१७ मा क्यालिफोर्नियामा भएको सार्वज्निक लिलामीमा ३५ वर्ष पूराना ती जुत्ता झण्डै २ करोड रुपैयाँ बराबरको मूल्यमा बिक्रि भएका थिए । जोर्डनले सन् १९८४ को ओलम्पिकमा बास्केटबलको फाइनल खेलमा ती जुत्ता लगाएका थिए ।

अहिले साढे ४ करोड रुपैयाँ बराबरको मूल्यमा बिकेका ४७ वर्ष पूरानो ती जुत्ताहरु तत्कालीन ओलम्पिक खेलकुदको ट्रायलका लागि तयार गरिएको थियो । उक्त जुत्ताको नाम मून सुज राखिएको थियो । सन् १९७२ मा नाइकीका सहसस्थापक था ट्रयाक कोच बिल बोवर्नमनले डिजाइन गरेका थिए ।

क्यानडाका एकजना लगानीकर्ता माइल्स नाडालले ती जुत्ताका लागि लिलामीमा ऐतिहासिक बेाली लगाएको बोवर्नमनले बताएका छन् । नाडालले ती सँगै अन्य ९९ वटा दुर्लभ जुत्ताहरु पनि खरीद गरेका छन् । लिलामीमा कूल १ सय जोडी जत्ताको झण्डै साढे ९ करोड रुपैयाँ बराबरको बोली लगाइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);